कर्णालीका नौ जिल्ला कोरोना संक्रमणमुक्त

   
त्रिवेणी अनलाइन
१९ फाल्गुन २०७७, बुधबार १६:४७ मा
[Sassy_Social_Share total_shares="ON"]

कर्णाली प्रदेशका नौ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । सुर्खेत बाहेक अरु सबै जिल्ला कोरोना संक्रमण मुक्त बनिसकेका हुन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार सुर्खेतबाहेक अन्य कुनै पनि जिल्लामा सक्रिय संक्रमित छैनन् ।
मंगलबार सम्म मुगुसहित कर्णालीका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा कोरोना संक्रमण शून्यमा झरेको हो । मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतमा ११ जना सक्रिय संक्रमित रहेका छन् । सुर्खेतमा मंगलबार सम्मको अवधिमा ३ हजार २ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ ।

दैलेखमा १ हजार ६ सय ८५, सल्यानमा ६ सय ९३, जुम्लामा ४ सय २३, कालिकोटमा ३ सय ३३, रुकुम पश्चिममा २ सय ५७, जाजरकोटमा १ सय ५९, हुम्लामा ६१, मुगुमा ४१ र डोल्पाका ४४ जनामा संक्रमण देखिएको तथ्याङ्कमा उल्लेख छ ।

प्रदेशमा हालसम्म ७ हजार ५ सय ५४ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ७ हजार ३ सय ८१ संक्रमणमुक्त भएका हुन् । कर्णालीमा संक्रमण पुष्टि भएका ३१ जनाको मृत्यु भएको छ भने २६ हजार ९ सय ९० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार ७९ वटै पालिकाका स्वास्थ्य संस्थाबाट दोश्रो चरणको कोरोना विरुद्धको खोप लगाइने तयारी पनि थालिएको छ ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu