सल्यान उद्योग बाणिज्य संघको अध्यक्षमा कुमार बुढाथोकी र राजेन्द्र थापाको उम्मेदारी दर्ता

   
त्रिवेणी अनलाइन
१९ फाल्गुन २०७७, बुधबार १६:१९ मा
[Sassy_Social_Share total_shares="ON"]

सल्यान उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि दुई प्यानल विच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन कार्यतालिका बमोजिम बुधबार दुबै प्यानलले आआफ्नो उम्मेदवारी दर्ता गरेका छन ।
नेपाली कांग्रेस, केपि ओलि नेतृत्वको नेकपा र राप्रपाको संयुक्त समर्थनबाट कुमार बुढाथोकीले र माधव प्रचन्ड नेतृत्वको नेकपाको समर्थनबाट राजेन्द्र थापाले अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्दैछन ।
यस्तै वरिष्ठ उपाध्यक्षमा बिरेन्द्र श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा भरत बस्नेत, उद्योग उपाध्यक्षमा प्रेम बहादुर पुन, महासचिवमा रुपक बुढा, कोषाध्यक्षमा सुरेन्द्र बुढा र सचिवमा सुरेश केसीले नेपाली कांग्रेस, केपि ओलि नेतृत्वको नेकपा र राप्रपाको संयुक्त प्यानलबाट उम्मेदवारी पेश गरेका छन ।
माधव प्रचन्ड नेतृत्वको नेकपाबाट वरिष्ठ उपाध्यक्षमा हरिलाल डिसी, वाणिज्य उपाध्यक्षमा बिरेन्द्र प्रकाश भन्डारी, उद्योग उपाध्यक्षमा शंकर यरी, महासचिवमा मोहन सारु, कोषाध्यक्षमा अशोक कुमार बोहोरा र सचिवमा बिकास डिसिले उम्मेदवारी दर्ता गरेका छन ।
यसको साथै तीन जना महिला सदस्य, एक जना दलित सदस्य, एक जना जनजाती सदस्य, एक जना अल्पसंख्यक सदस्य, सात जना खुल्ला सदस्य र एक जना वस्तुगत सदस्य पदका लागि पनि दुबै प्यानलले आआफ्नो उम्मेदवारहरु खडा गरेका छन ।

निर्वाचन कार्यतालिका अनुसार फाल्गुन २० गते उम्मेदवारको नामावली उपर दावि विरोध तथा उम्मेदवारी फिर्ताको समय रहेको । फाल्गुन २१ गते उम्मेदवारको नामावली उपर छानविन, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा नमुना मत पत्र प्रकाशनको तालिका रहेको छ । यस्तै फाल्गुन २९ गते विहान ८ वजे देखी साँझ ४ वजे सम्म मतदानको समय रहेको छ ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu