त्रिबेणीमा स्त्रीरोग विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, १ सय ६५ ले लिए सेवा
फाल्गुण १५, सल्यान
जिल्ला अस्पताल सल्यानको आयोजना तथा त्रिबेणी गाउँपालिका सल्यानको समन्वयमा १ दिने स्त्रीरोग विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविर त्रिबेणी स्वास्थ्य चौकी लुहाममा भएको थियो । शिविरमा १ सय ६५ जनाले सेवा लिएका छन । जसमध्ये ४६ जनाको भि.आई.ए जाँच गर्दा ४ जनामा पोजेटिभ देखियो भने ७ जनाको पाठेघरको शल्यक्रिया नै गर्नुपर्ने अबस्थाको भेटिएका थिए । उनिहरुलाई निशुल्क शल्यक्रिया गर्नको लागी जिल्ला अस्पताल सल्यानमा रिफर गरिएको त्रिबेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रभातकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
शिविरमा महिलाको प्रजनन् स्वास्थ्य, तल्लो पेट दुख्ने, महिनावारी गडबढी, आङ खस्ने, महिलाको पाठेघरको क्यान्सरको जाँच लगाएतका सेवाहरु शिविरमा प्रदान गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो । उहाँले यसै प्रकारको स्त्री रोग बिशेषज्ञ शिविर यही फाल्गुन २१ गते कपुरकोट गाउँपालिकाको धनवाङ स्वास्थ्य चौकीमा सञ्चालन गरिने जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय सल्यानका स्वास्थ्य सेवा व्यबस्थापक दशरथ श्रेष्ठको अध्यक्षतामा सुरु भएको शिविरमा गाउँपालिका अध्यक्ष मान बहादुर डांगी प्रमुख अतिथि रहनु भएको थियो । शिविरमा बोल्दै अध्यक्ष डांगीले आर्थिक अबस्था कमजोर भएका महिलाहरुको समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले शिविरको समन्वय गरेको बताउनु भयो । गत वर्ष कोरोनाका कारणले यस्ता किसिमका स्वास्थ्य शिविर गर्न नपाएको भन्दै यस वर्षभने यि कार्यक्रमहरुलाई निरन्तरता दिने उद्घोष गर्नुभएको थियो । शिविरमा त्रिबेणी, छत्रेश्वरी र कपुरकोट गाउँपालिकाका महिलाहरुले सेवा लिएका हुन ।
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी
- श्री गायत्री प्राथमिक विद्यालय त्रिवेणी गाउँपालिका ५ ढोरचौर सल्यानले आफ्नो ३५ औं वार्षिकोत्सब मनाएको छ ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न
- शारदा नगरपालिका सल्यानद्वारा आधिकारीक लोगो सार्वजनिक