सल्यानमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृ’त्युु

२९ पुष २०७७, बुधबार १४:१० मा प्रकाशित

सल्यानको ढोरचौरबाट श्रीनगर तर्फ जाँदै गरेको ना ३ ख ९६४३ नम्बरको बसले श्रीनगरबाट बरलातर्फ जाँदै गरेको रा ३ प ८६६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृत्यु हुने मोटरसाइकल चालक शारदा नगरपालिका ६ बरला निवासी ३० वर्षीय बिरेन्द्र भण्डारी भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै घाइते भण्डारीलाई जिल्ला अस्पताल सल्यान पुर्याइएपनि अस्पतालले मृत घोषणा गरेको हो ।

ठक्कर दिने बस चालक फरार भएको प्रहरीले जनाएको छ । बसलाई भने नियन्त्रणमा लिइएको छ ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu