ठकुरी सहयोग संजाल सल्यानद्धारा बिरामीहरुलाई फलफूल बितरण
जिल्लामा विभिन्न सामाजिक काम गर्दै आइरहेको ठकुरी सहयोग संजाल सल्यानले २९९ पृथ्वी जयन्ती तथा एकता दिबशका अबसरमा जिल्ला अस्पताल सल्यानका बिरामीहरु लाई एक कार्यक्रमका बिच फलफुल बितरण गरेको छ । कार्यक्रममा बिरामीहरुको स्वास्थ्य लाभको कामना सहित फलफुल बितरण गरिएको थियो ।

कार्यक्रममा सल्यानका जिल्ला अध्यक्ष अभिषेक हमाल, ठकुरी सहयोग संजालका केन्द्रिय सदस्य प्रकाश बाबू चन्द, दाङ्ग जिल्ला सचिब पुष्प चन्द, ठकुरी सहयोग संजाल सल्यानका सल्लाहकार सन्तोष शाह, सचेत शाह, सबिन हमाल लगायतको सहभागीता रहेको थियो । पृथ्वी जयन्ती तथा एकता दिबशको अबसरमा ठकुरी सहयोग संजालले देशभरीका सम्पुर्ण शाखा तथा बिदेशका शाखामा पनि एकै साथ कार्यक्रम गरिने जानकारी केन्द्रिय सदस्य चन्दले बताएका छन ।
साथै केन्द्रिय सदस्य प्रकाश बाबू चन्द र दाङ्ग जिल्ला सचिब पुष्प चन्दलाई स्वागत तथा सम्मान गरिएको थियो ।

- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम







