बसको पट्टा भाँच्चिएर दुर्घटना,१९ जना घाइते

२० पुष २०७७, सोमबार १८:५८ मा प्रकाशित

तुलसीपुर ,
२०(पुस) सोमबार बिहान तुलसीपुर देखि घोराही तर्फ गई रहेको बसको अगाडीको पट्टा भाँच्चिएर दुर्घटना भएको प्रहरीले बताएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं। ७ ग्वारखोला पुल नजिकै भएको बस दुर्घटनामा परि १९ जना यात्रु घाईते भएका छन् । घाईते सबैको सनाखत भएको र घाईतेहरुको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक झलक शर्मा जानकारी दिए ।

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का १९ बर्षीय झनक के।सी।, तुलसीपुर १९ ग्वारखोलाका ३० बर्षीया लक्ष्मी के।सी, तुलसीपुर ४ खाद्रेकी ३६ बर्षीया तिला कँवर, वडा नम्बर ६ बरुवागाँउकी २१ बर्षीया सरु बस्नेत, वडा नम्बर ५ की ३० बर्षीया शुशिला शर्मा, वडा नम्बर १६ भेलाहीका ५५ बर्षीया बासुदेव चौधरी, वडा नम्बर १४ मानपुरका २६ बर्षीय सुमन श्रेष्ठ, वडा नम्बर ७ पर्सेनीका १८ बर्षीय बिशाल मगर, वडा नम्बर १८ कै २१ बर्षीय राज के।सी, वडा नम्बर ६ की २२ बर्षीया दुर्गा नेपाली रहेका छन ।

त्यसैगरी शान्तिनगर गाउँपालिका वडा नं। ६ का २७ बर्षीय गणेश बुढाथोकी, सोही गाउँपालिका ७ का २९ बर्षीय भिम प्रसाद राना, घोराही उपमहानगरपालिका वडा नम्बर १६ की ३० बर्षीया लक्ष्मी गिरी, घोराही १५ रतनपुर की १९ बर्षीया सुरक्षा शर्मा, वडा नम्बर १५ कै १८ बर्षीया प्रमिका ज्ञवाली, वडा नम्बर १२ का ४१ वर्षीय गोपाल पुन, वडा नम्बर ५ धारापानिका ३० बर्षीय राम बहादुर पुन, रुकुम पुर्व पुथाउत्तरगंगा वडा नम्बर १२ का ३९ बर्षीय हेमराज पुन र सोहि ठाँउका ४० बर्षीया पन्च बहादुर पुन रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुर देखि घोराही जाँदै गरेको ना ६ ख १८१४ नम्बर बस आज बिहान ९ः४५ बजेको समयमा दुर्घटना भएको थियो । घाईतहरुको राप्ती प्रादेशिक अस्पताल तुलीपुरमा उपचार भई रहेको छ ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu