राष्ट्रिय प्रजातन्त्र पार्टी सल्यानले खलंगामा निकालेको ¥याली भिडियो सहित
सल्यान १२, पुस ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सल्यानले जिल्लाको सदरमुकाम खलंगामा ¥याली निकालेको छ । राज संस्था र हिन्दु राष्ट्र पुर्नस्थापनाको लागी आज जिल्लाको सदरमुकाम खलंगामा ¥याली निकालेको हो । गणतन्त्र, धर्मनिरपेक्षता, संघियता सबै खारेज गर्दै हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै निकालिएको ¥यालीले वजार परिक्रमा गरिएको थियो । ¥यालि पछी आयोजित कोणसभालाई सम्बोधन गर्ने बक्ताहरुले हिन्दु राष्ट्र कायम गर्न जोडदारसँग माग गरेका छन् । उनीहरुले अहिले देशले गणतन्त्र, धर्मनिरपेक्षता केही पनि थेग्न नसकेको बताउदैँ यी सबै खारेज गरेर राजसस्था र हिन्दु राष्ट्र कायम गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा पार्टीका पुर्व सहमहामन्त्री तथा केन्द्रिय कार्यसम्पदान समिती सदस्य राजेन्द्र बिर राय, केन्द्रिय कार्यसम्पदान समिती सदस्य अनुवम सिंह श्रेष्ठ, प्रदेश कार्यसमिती सदस्यहरु धन बहादुर वली, बालाराम शर्मा, तिला बुढाथोकी, जिल्ला उपाध्यक्ष प्रदिप थापा, जिल्ला कमिटी सदस्य नरेन्द्र महर्जन, जिल्ला सदस्य तथा सल्लाहकार समिती सदस्य बिरेद्र रावत, क्षेत्र नम्बर २ का क्षेत्रिय अध्यक्ष श्यामकृष्ण बोहोरा, शारदा नगरपालिका वडा सदस्य तथा महिला केन्द्रिय सदस्य इन्द्रा भण्डारी, बागचौर नगरकमिटी अध्यक्ष प्रमोद कुमार डाँगी लगाएतकाले बोल्नुभएको थियो ।
जिल्ला अध्यक्ष नेत्रलाल श्रेष्ठको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव नारायण कुमार शर्माले गर्नुभएको थियो ।
https://www.facebook.com/tribenionline/videos/1078122319279665
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






