सल्यानमा महिला जनप्रतिनिधीलाई जिम्मेवार तथा उत्तरदायी नेतृत्व निर्माणका लागि तालिम सुरु
सल्यान सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत महिला, जनजाती तथा दलित जनप्रतिनिधीहरुको लागी नेतृत्व विकास तालिम आजदेखी लुहाममा सुरु भएको छ ।
तालिमको उद्घाटन गदै त्रिबेणी गाउँपालिका सल्यानका अध्यक्ष मानबहादुर डांगीले तालिमका विषयवस्तु समय सान्दर्भिक भएकोले महिला जनप्रतिनिधिहरुका लागि यो तालिम अनिवार्य रहेको बताउनु भयो ।

दलित महिला केन्द्र काठमाण्डौँको आयोजनामा सुशासनमा नागरिक सहभागीता कार्यक्रम अन्तर्गत महिला, जनजाती तथा दलित जनप्रतिनिधीहरुका लागि नेतृत्व विकास तालिमको आयोजना गरिएको हो । नेतृत्व तहमा महिला सहभागिता बढाउन तथा सही बाटो देखाएर समाजको अगुवाई गर्न सक्ने र सबैलाई समेट्न सक्ने नेतृत्व निर्माण गर्न तालिमले महत्वपूर्ण भुमिका खेल्ने दलित महिला केन्द्रका कार्यक्रम अधिकृत सरिता गहतराजले बताइन् ।

तालिममा द्वन्द र शान्ति अध्ययन विभाग, मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उप–प्राध्यापक ललितजंग शाहीले नेतृत्व केहो, वर्तमान नेतृत्व र समाजप्रतिको बुझाइ, महिला नेतृत्वको सिवकास र अधिकार तथा नेतृत्वका लागि आइपर्ने चुनौती लगाएतका विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा त्रिबेणी गाउँपालिका अध्यक्ष मान बहादुर डांगी उपाध्यक्ष करुणा खड्का सहित कार्यपालिकाका महिला सदस्य, दलित महिला सदस्य, आमा समुहका प्रतिनिधी लगाएतको सहभागीता थियो ।

कर्णाली प्रदेशका कालीकोट, जाजरकोट र सल्यानका १२ पालिकाहरुमा यो कार्यक्रम संचालन भईरहेको भईरहेको छ ।

- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






