मालपोत कार्यालय तुलसीपुरका दुई कर्मचारी ३ लाख २० हजार घुससहित पक्राउ
मालपोत कार्यालय तुलसीपुर दाङमा कार्यरत दुई जना कर्मचारी ३ लाख २० हजार घुस रकम सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा तामेली फाँटमा कार्यरत नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरे रहेका छन्न ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको अख्तियारको टोलीले नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई शुक्रवार दिउँसो कार्यालयबाटै तीन लाख २० हजार घुससहित पक्राउ गरेको हो । उनीहरूले यस अघि सेवाग्राहीबाट ८० हजार रुपैयाँ लिई सकेको पनि खुलेको छ । २०२६ सालमा सर्भे भएको जग्गाको बाबुको नाममा नापी भएको तर छोराको नापी कायम नभएको हुँदा उक्त जग्गाको नापी कायम गर्नका लागी घुस लिएको बताइएको छ ।
उनीहरूलाई अहिले अनुसन्धानका लागी नेपालगन्ज लगीएको अख्तियारको कार्यालय नेपालगन्जले जानकारी दिएको छ ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






