अरिङ्गालको टोकाइबाट एक बालिकाको मुत्यु

   
त्रिवेणी अनलाइन
२ मंसिर २०७७, मंगलवार १०:१४ मा
[Sassy_Social_Share total_shares="ON"]

स्याङ्जा – अरिङ्गालको टोकाइबाट स्याङ्जामा एक बालिकाको ज्यान गएको छ । अरिङ्गालको टोकाइबाट नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष सूर्यप्रसाद गैह्रेकी छोरीको ज्यान गएको हो । गैह्रेकी १३ वर्षीया छोरी अतिथिको सोमबार साँझ उपचारका क्रममा पोखरामा ज्यान गएको हो । पुतलीबजार नगरपालिका १४ को तलामागेमा अरिङ्गालले टोक्दा ती बालिका गम्भीर घाइते भएकी थिइन् ।

सोमबार लामागेमा माथिल्लो घरबाट तल्लो घरमा भाइटीका लगाउन जाँदा उनलाई नजिकैको रुखमा रहेको अरिङ्गालको टोकाइबाट घाइते भएकी थिइन् । अतिथिसँगै अर्की बालिका पनि घाइते भएकी र उनको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu