स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि सल्यान अस्पताल सिल
कात्तिक २८, सल्यान
चिकित्सक र स्वास्थ्यकर्मिमा कोरोना देखिएपछि जिल्ला अस्पताल सल्यान सिल गरिएको छ । जिल्ला अस्पताल सल्यानमा एक जना कार्यलय सहयोगी सहितचिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएपछि आज २८ गते बाट मंसिर ६गते सम्म अस्पताल सिल गरिएको हो । बिहिवार आएको रिर्पोट अनुसार अस्पतालमा कार्यरत चिकित्सकसहित एक कार्यलय सहयोगीमा कोरोना पोजिटिभ देखिएको थियो ।
स्वास्थ्य कार्यालयका सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनका अनुसार अस्पतालमा ईमरजेन्सी र सामान्य सुत्केरी सेवाबाहेक अन्य सबै सेवा बन्द गरेको बताउनुभयो । संक्रमित डाक्टर तथा कर्मचारी होम आइसोलेसनमा राखिएको छ । जिल्लामा एक दर्जनभन्दा बढी डाक्टर र स्वास्थ्यकर्मी संक्रमित भइसकेको उहाँले बताउनु भयो । पछिल्लो समयमा जिल्लामा लक्षण सहितका कोरोना संक्रमित देखिन थालेका छन ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह
धेरैले पढेको