यमपञ्चक सुरु: आज काग तिहार
२८ कार्तिक र हिन्दुहरुको महत्वपूर्ण पर्वको रुपमा लिइने यमपञ्चक (तिहार पर्व) आज देखि सुरु भएको छ । यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि नै सुरु भए पनि काग तिहार भने २८ गते परेको हो ।
यमपञ्चकको पहिलो दिन काग तिहार परेको छ । कागलाई आज मनपर्ने परिकार भोजन गराएर कागको पूजा गरिँ पहिलो दिन काग तिहार मनाइदै छ । कागपूजा देखि पाँच दिनसम्म यमराज मत्र्यलोकमा विचरण गर्न आएका हुन्छन् भन्ने मान्यता रहेको छ ।
कागले यमराज र बहिनी यमुनाबीच सूचना आदानप्रदान गरेको प्रसङ्गलाई यही दिनमा संस्मरण गरिन्छ । कागलाई यमदूतका रूपमा पूजाअर्चना गरिन्छ । कागलाई भोजन गराउँदा भोजन सीधै पितृले पाउँछन् भन्ने मान्यता रहेको छ । निकै चतुर पक्षीका रूपमा कागलाई लिइन्छ । यसै दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती परेकाले जयबागेश्वरीस्थित धन्वन्तरी पीठमा अर्चना गरेर मनाइँदैछ । यसै दिन मुलुकभर आरोग्य दिवस मनाउने गरिएको छ ।
तिहारको दोस्रो दिन कुकुर तिहार मानिन्छ । तेस्रो दिन गाइ तिहार लक्ष्मी पुजा गरिन्छ , चौथो दिन गोरु तथा गोवर्धन पुजा गरिने र पाचौ दिन भाइ टिका लगाएर तिहारलाई विदाई गरिने गरिन्छ । यस पटको भाइ टिकाको साइत मंसिर १ गते सोमबार विहान ११ बजेर ३७ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ ।
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।