सल्यानमा जीप दुर्घटना हुँदा तीन जना को मृत्यु
सल्यान ।
सल्यानमा शनिवार जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दाँगको तुल्सीपुर बाट रोल्पाको सुख्खाओढार जाँदै गरेको लु १ ज २९११ नम्बरको डबलक्याप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवांगघारीमा दुर्घटना हुँदा रोल्पाका तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनामा परि ज्यान गुमाउनेमा गाडी चालक रोल्पा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय भिम बहादुर वली,सोही ठाउँका १७ वर्षीय भिमराज बुढा र गँगादेव गाउँपालिका –५ निवासी ६५ वर्षीय गंज बहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सपेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो ।
गाडीमा सवार अन्य ५ जना भने सकुशल रहेको उहाँले बताउनु भयो । घटनास्थलमा प्रहरी पुगी सकेको र घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह
धेरैले पढेको