जिल्ला प्रशासन कार्यालय सल्यानबाट प्रदान गरिने सेवा थप ७ दिन स्थगित
जिल्ला प्रशासन कार्यालय सल्यानले कार्यालयबाट प्रदान गरिने सम्पुर्ण सेवा थप एक साताको लागी स्थगित गरिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने नागरिकता लगाएतका सम्पूर्ण सेवा कात्तिक १३ गते देखी बिहीवार सम्म स्थगित गरिएको थियो ।
तर कोरोनाको जोखिम कम गर्नको लागी प्रशासन कार्यालयमा कार्यरत थप १५ जनाको कोरोना परिक्षण गर्दा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाले कात्तिक २७ गते सम्म कार्यालयले प्रदान गर्ने नागरिकता लगाएतका सम्पूर्ण सेवाहरु बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भिडभाड हुने र यसले झन् कोरोना भाइरस सर्ने उच्च जोखिम भएकाले थप एक साताका लागी सेवाहरु बन्द गरिएको उहाँको भनाई छ । उहाँले जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षा, मुद्धाको सुनुवाई तथा बिपद् ब्यबस्थापन सम्बन्धी बाहेकका अरु सबै सेवाहरु स्थगित गरिएको जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयद्धारा जारी सुचना

- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






