छत्रेश्वरी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट पारित
आर्थिक वर्ष सुरु भएको झन्डै पाँच महिनापछि छत्रेश्वरी गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । बिहिबार बसेको गाउँसभाले आर्थिक वर्ष २०७७ र ०७८ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो ।
गत असार १० गते बसेको आठौं गाउँसभामा नीति तथा कार्यक्रम र प्रस्तुत भएपनि वाम र काँग्रेसको केही विषयमा सहमित नहुँदा विवाद हुँदै आइरहेको थियो । करारमा रहेका शिक्षकहरुको तलब सुविधाका लागि अनुदान कार्यविधि बनाई कार्यान्वयन गर्ने, अनावश्यक करार कर्मचारी हटाउने लगायतका विषयमा सहमति पछि बजेट पारित भएको छ ।
गाउँपालिकाको ५० औं कार्यपालिका बैठ्कमा बजेट र सहमति हुन नसकेका विषयमा सहमति भएपछि गाउँसभाले नीति तथा कार्यक्रम र बजेट पारित गरेको गाउँपालिका अध्यक्ष शन्तोष केसीले जानकारी दिए । स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट ल्याएको उनको भनाई छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०७७ र ०७८ का लागि ४५ करोड ९९ लाख ६० हजार बराबरको बजेट ल्याएको गाउँपालिका उपाध्यक्ष सिता केसीले बताइन ।
गाउँपालिका उपाध्यक्ष सीता केसीले संघिय सरकारबाट प्राप्त बित्तिय समानिकरण अनुदान ९ करोड १९ लाख, शसर्त अनुदान १८ करोड २३ लाख, राजस्व बाँडफाँड ७ करोड २९ लाख ३५ हजार नौ सय, विशेष अनुदान ३ करोड तथा प्रदेश सरकारबाट बित्तीय समानिकरण अनुदान ९९ लाख ४२ हजार, राजस्व बाँडफाँड ६ लाख ८३ हजार, शसर्त अनुदान २० लाख, बिशेष अनुदान ४० लाख र आन्तरिक श्रोत ३ करोड ४५ लाख २० हजार गरि ४५ करोड ९९ लाख ६० हजार ३ सय ३३ रकम बराबरको बजेट गाउँसभामा प्रस्तुत गरेकी हुन । यस्तै प्रदेस सरकारको समपुरक २ करोड ६५ लाख अनुमातित बजेट पेस भएको छ ।
पारित बजेट मध्य चालुतर्फ ८ करोड ४० लाख ९२ हजार अर्थात २९।१० प्रतिशत,पुर्जिगत तर्फ १३ करोड ५ लाख ९२ हजार अर्थात ६०।९० प्रतिशत बजेट बिनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर खड्काले जानकारी दिए ।
एक वडा एक एम्बुलेन्स राख्ने प्राबधान अन्तरगत थप ४ वटा एम्बुलेन्स खरिदका लागि ४५ लाख बजेट बिनियोजन गरिएको छ ।
- त्रिवेणीमा ९ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी
- श्री गायत्री प्राथमिक विद्यालय त्रिवेणी गाउँपालिका ५ ढोरचौर सल्यानले आफ्नो ३५ औं वार्षिकोत्सब मनाएको छ ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न