पेट्रोल हालेर आगो बाल्न खोज्दा घर जल्यो
ताप्लेजुङ , २० कार्तिक — घरमा चुल्होमा पेट्रोल हालेर आगो बाल्ने क्रममा मिक्वाखोला गाउँपालिका ४ थलङमा एक घरमा आगलागी भएको छ ।
रणध्वज थलङको घरमा भएको आगलागीबाट ३ तले घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने घरभित्र रहेको भाँडाकुँडा, लत्ताकपडा, अन्नपात, सुन २ तोला, नगद रु १ लाख ५० हजार समेत गरी २२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीमा परी १४ वर्षीया मञ्जु, ९ वर्षीया प्रिती र ३५ वर्षीया मिना थलङ घाइते भएका छन । उनीहरुको हात, खुट्टा र कुहिनामा आगोले पोलेको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






