पेट्रोल हालेर आगो बाल्न खोज्दा घर जल्यो

   
त्रिवेणी अनलाइन
२० कार्तिक २०७७, बिहीबार ११:२२ मा

ताप्लेजुङ , २० कार्तिक — घरमा चुल्होमा पेट्रोल हालेर आगो बाल्ने क्रममा मिक्वाखोला गाउँपालिका ४ थलङमा एक घरमा आगलागी भएको छ ।

रणध्वज थलङको घरमा भएको आगलागीबाट ३ तले घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने घरभित्र रहेको भाँडाकुँडा, लत्ताकपडा, अन्नपात, सुन २ तोला, नगद रु १ लाख ५० हजार समेत गरी २२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी १४ वर्षीया मञ्जु, ९ वर्षीया प्रिती र ३५ वर्षीया मिना थलङ घाइते भएका छन । उनीहरुको हात, खुट्टा र कुहिनामा आगोले पोलेको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया
Array