कोमामा गइसकेका दलका नेताले मलाई हटाउन सक्दैनन् : शाह
२६ असोज, सुर्खेत । कर्णाली प्रदेशमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवादले नयाँ मोड लिएको छ । संसदीय दलको बैठक बोलाएपछि दल नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई जिम्मेवारीबाट हटाएका छन् । र, सीता नेपालीलाई प्रमुख सचेतक तोकेका छन् ।
शाहले भने मुख्यमन्त्रीले आफूलाई पदमुक्त गर्ने अधिकार गुमाइसकेको बताएका छन् । ‘कोमामा गएको नेतालाई जिम्मेवारीबाट हटाउने अधिकार छैन,’ शाहले भने, ‘आइतबार १८ जना सदस्यले दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् । अब दलको नेताले कुनैपनि निर्णय गर्न पाउँदैन ।’
शाहले मंगलबार दिउँसो १ बजे संसदीय दलको बैठक बस्नेसमेत प्रष्ट पारे । ‘मंगलबार मेरै नेतृत्वमा दलको बैठक बस्छ र निर्णय पनि हुन्छ,’ शाहले भने ।
मुख्यमन्त्री शाहीले प्रमुख सचेतकको जिम्मेवारी दिएको सीता नेपालीले भने संसदीय दलको बैठक मंगलबार नबस्ने बताइन् । ‘भोलि बैठक बस्दैन, केके हुन्छ पछि थाहा हुन्छ’ उनले भनिन् ।
Source : Onlinekhabar
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा