दार्मा गाउँपालिकाका प्रत्येक घरधुरी सदस्यलाई मास्क र साबुन वितरण

   
त्रिवेणी अनलाइन
२५ आश्विन २०७७, आईतवार १७:४५ मा

प्रकाश शर्मा

कोरोना भाइरसको संक्रमण बाट सुरक्षित रहन सल्यानको दार्मा गाउँपालिकाले गाउँपालिकाका सम्पूर्ण नागरिकलाई निःशुल्क मास्क र साबुन वितरण गरेको छ । आउँदै गरेको दशै तिहार र खुल्दै गरेका विद्यालयलाई विशेष ध्यानमा राखी आम जनताको स्वास्थ्य सुरक्षाका लागि मास्क र साबुन वितरण गरिएको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले जानकारी दिए ।

गाउँपालिकाका ३ हजार ९ सय १० घरधुरीमा साबुन र २३ हजार ४ सय १८ जनालाई मास्क वितरण गरिएको उनको भनाई छ । उनले भने ‘विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९बाट बच्न र रोकथामका लागि मास्क र साबुन वितरण गरिएको हो ।’ वडा कार्यालय मार्फत प्रत्येक घरमा पुगी मास्क र साबुन वितरण गरिएको अध्यक्ष के.सी को भनाई छ ।

मास्क वितरण गर्दा मास्कको सहि प्रयोग र हात धुने विधि पनि सिकाइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले बताए ।

तपाइँको प्रतिक्रिया
Array