सल्यानमा गोरुको आक्रमणबाट एक जनाको मृत्यु, एक घाइते
सल्यानमा गोरुको आक्रमणबाट एक जनाकाे मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
जिल्लाको शारदा नगरपालिका ११ हिवल्चाका ५१ वर्षीय टिका बहादुर रावतको मृत्यु भएको हो । शुक्रबार बारी जोत्ने क्रममा उनलाई गोरुले आक्रमण गरेको थियो ।
गम्भिर घाइते रावतको सल्यान जिल्ला अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्तक रावतको पेटको गहिरो चोट लागेको सल्यान जिल्ला अस्पताल सल्यानले जनाएको छ ।
गोरुको आक्रमणबाट घाइते ५० वर्षीया गाजली रावतको अस्पतालको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीले बताए । उनको स्वास्थ्य अवस्थामा सुधार आइरहेको उनको भनाई छ
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
धेरैले पढेको







