सल्यानमा बाबु-छोरा बनेर नागरिकता लिएको आरोपमा ससुरा-ज्वाईँ पक्राउ
ज्वाईलाई छोरा भनेर नागरिकता बनाएको आरोपमा सल्यान प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ७ बस्ने ४६ बर्षिय मुस्ताज मियाँ र बबई गाउँपालिका वडा नम्बर ७ दाङ घर भई हाल सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका वडा नम्बर ७ बस्दै आएका वर्ष २३ का समीर मियाँ भन्ने ईमाम बक्स मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
इँमाम बक्स मियाँ नाताले मुस्ताजका ज्वाईँ हुन् तर छोरा बनेर नागरिकता लिए । इँमामको घर दाङ हो उनका बुवा विसमुल्ला मियाँ हुन् । दाङबाट पटक पटक नागरिकताको लागि पहल गर्दा र सिफारिस गर्दा समेत उनको नागरिकता नबनेपछि उनी ससुरालाई बुवा बनाएर नागरिकता लिन सल्यान आए ।
छत्रेश्वरी गाउँपालिका वडा नम्बर ७ को सिफारिसमा उनले २०७५ साल भाद्र २४ गते मुस्ताज मियाँको छोरा समीर मियाको नाममा नागरिकता लिएको प्रहरीले जनाएको छ । समीर मियाँको नामबाट नागरिकता लिए पनि उनको वास्तविक नाम भने ईमाम बक्स मियाँ हो । दुवैजनालाई नेपाल नागरिकता ऐन २०६४ (संशोधन सहित) बमोजिम आज जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह