त्रिवेणीमा १० वेड क्षमताको आइसोलेसन सेन्टर निर्माण हुने, गाउँपालिकोको सिल अझै खुलेन
सल्यान- सल्यानको त्रिवेणी गाउँ कार्यपालिकाको कार्यालय र लुहाम बजार क्षेत्र अझै केही दिन सिल हुने भएको छ । गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सहित स्थानीय एक जनामा कोरोना संक्रमण देखिएपछी गत असोज १३ गते देखी मंगलबार (असोज २०) सम्म सिल गरिएको गाउँपालिका क्षेत्र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको रिपोर्ट नआएकाले अझै केही दिन सिल हुने भएको हो ।
त्रिवेणी गाउँपालिका उपाध्यक्ष करुणा खड्काको अध्यक्षतामा मंगलबार बसेको बैठकले कोरोना परिक्षणका लागि सुर्खेत पठाइएको १७० जनाको स्वाबो रिपोर्ट नआउन्जेल सम्म सिल गर्ने निर्णय गरेको स्वास्थ्य संयोजक प्रभात कुमार श्रेष्ठले जानकारि दिए ।
बैठकले गाउँपालिकामा १० बेड क्षमताको आइसोलेनस सेन्टर निर्माण गर्ने पनि निर्णय गरेको छ । त्रिवेणी ३ स्थित सरिकोट माविको भवनमा आइसोलेसन निर्माण गर्नका लागि आवश्यक सामग्रीहरु खरिद गर्ने निर्णय भएको संयोजक श्रेष्ठले जानकारि दिए । चाड पर्वको समयमा भारत लगाएत तेश्रो मुलुकबाट फर्किने नागरिकहरुको चापको आधारमा गाउँपालिकामा निर्माण भएका क्वारेन्टीनहरुलाइ आवश्यकता अनुसार उपयोग गर्दै जैजाने निर्णय पनि गाउँपालिकाले गरेको छ ।
- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम







