बेवारिसे शिशुकी आमा पक्राउ, यस्तो रहेछ छोड्नुको कारण
बेवारिसे अवस्थामा फेला परेका नवजात शिशुकी आमालाइ प्रहरीले पक्राउ गरेको छ । श्रीनगर र खलंगा सडकमा पर्ने मैसेपानी आसपासमा जंगलमा विहान ६ बजे वेवारिसे अवस्थामा फेला परेको बालक एक महिनाको रहेको प्रहरीले जनाएको छ । बेवारिसे बालककी आमा ३५ वर्षीया महिला शारदा नगरपालिका वडा नम्बर २ निवासी रहेको खुल्न आएको छ ।
करिब एक वर्ष अगाडी कामको सिलसिलामा भारतमा रोजगारीको सिलसिलामा गएकी ती महिलाको भारतमा सल्यानकै एक पुरुषसंगको अवैध सम्बन्ध बाट बच्चा जन्मिएको र घर फर्किने बेला अरुले थाहा पाउँछन भनेर बच्चालाइ जंगलमा फालेको ती महिलाले प्रहरीलाइ बताएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी इन्सपेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो ।
आर्थिक अवस्था कमजोर रहेकी ती महिलाको पहिलो विवाह बाटपनि तीन सन्तान रहेको र पति संग सम्बन्ध विच्छेद भएपछि बच्चाहरुको पालनपोषणका लागी रोजगारीको लागी भारतमा गएको ती महिलाले प्रहरीलाइ बताएकी छन् ।
भारतमा संगै काम गर्न गएका ती पूरुषसंग को अवैध सम्बन्ध बाट जन्मिएका बालकलाइ लिएर भंसार सम्म संगै आएको र त्यसपछी दबैजना छुट्टाछुट्टै घर फर्किएका हुन् ।
पति संगको सम्बन्ध विच्छेद पछि माइतीमा बस्दै आएकी ती महिलाले घर पुग्दै गर्दा आइतबार बेलुका ६ बजेनै बच्चालाइ जंगलमा छोडेर घर फर्किएको प्रहरीलाइ बताएकी छन् । आरोपित पूरुष जिल्लाकै एक क्वारेन्टाइनमा रहेको र घटना बारे थप अनुसन्धान गरी प्रकृया अगाडी बढाउने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







