सल्यानमा शैक्षिक संस्था संचालन नगर्न प्रशासनको आदेश
जिल्ला प्रशासन कार्यालय सल्यानले शनिबार एक सुचना प्रकाशन गरी शैक्षिक संस्था संचालन तथा सभा सम्मेलन गर्न प्तिबन्ध लगाएको छ । जिल्ला सदरमुकाम लगायत बिभिन्न स्थानमा तिब्र रुपमा कोरोना संक्रमण फैलिदै गएपछि प्रशासनले शैक्षिक संस्था संचालन तथा सभा सम्मेलनमा रोक लगाएको हो । जिल्लाका अधिकांश स्थानमा बिद्यालयमा पढाई भईरहेकोले कोरोनासम्बन्धी जटिल अबस्था सिर्जना हुन नदिन तत्कालका लागी रोक्न प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जिल्लाका सबै स्थानिय तहअन्तर्गतका बिद्यालयलाई आग्रह गरेका छन । असोज ९ गतेदेखी अर्को आदेश नभएसम्म कुनैपनि यस्ता खालका कार्यक्रम गर्न गराउन पाइने छैन् । यदि कसैले यस आदेश विरुद्दका गविधिहरु गरे गराएको पाइएमा संक्रामक ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कार्वाही गरिने प्रमुख जिल्ला अधिकारी हेमराज तामाँगले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय सल्यानले विज्ञप्ती प्रकाशित गर्दै खुल्ला स्थानमा भेला हुन, शैक्षिक संस्था सञ्चालन गर्न, धार्मिक तथा सांस्कृतिक स्थान सञ्चालन गर्न, सभा सम्मेलन गर्न बन्द गरेको र अटेर गरे कारबाही गरिने जनाएको छ ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह