सल्यानमा बस दुर्घटना, १६ जना यात्रु घाइते
३१ भदौ, सल्यान
सल्यानमा गाडी दुर्घटना भएको छ। दुर्घटनाबाट १६ जना यात्रु घाईते भएका छन। जिल्लाको भोटेचौर बाट श्रीनगर तर्फ गैरहेको ना ७ ख १८४६ नम्बरको शारदा यातायात प्रालिको बस छत्रेश्वरि गाउँपालिकाको वडा नम्बर ६ स्थित भुमेश्वर जिउलामा दुर्घटना भएको प्रहरीले बताएको छ।
१७ जना यात्रु सवार गाडी दुर्घटनाबाट ६ जना महिला र १० पुरुष घाइते भएको उद्दारमा खटिएका प्रहरीले बताएका छन। घाइते सबैको अहिले श्रीनगरको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भैरहेको छ। घाइते मध्यका १ जनालाई बढी चोट लागेको छ। उनिलाई थप उपचारको लागि रिफर गर्ने तयारी भैरहेको अस्पताल श्रोतले जनाएको छ।
घाइते हुनेमा दार्मा ६ का भक्त केसि, बागगचौर ६ का पदम वलि, दार्मा ६ का नेत्र मल्ल, छत्रेश्वरि ७ कि राधिका खड्का र भुमिका खड्का, जानकी गाउपालिका ५ कैलालिका अमृत चौधरी र सुस्मिता चौधरी , छत्रेश्वरि ६ का नवीन घर्ती,अपेक्षा केसि,तोरन सार्की, कृष्ण चलाउने, बिजय बिक, खिमलाल नेपाली, सन्तोष नेपाली र गाडिका सह चालक छत्रेश्वरि ५ का भिमार्जुन केसि रहेको प्रहरिले बताएको छ।
गाडी सडकबाट २० मिटर तल खेतमा खसेको छ। गाडी कसरी दुर्घटना भयो भन्ने जानकारी नभएको र घटनाबारे अनुसन्धान सुरु भएको प्रहरिले बताएको छ।

- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह