सल्यानमा यो वर्ष तीन सय ९० मेट्रिकटन स्याउ उत्पादन
सल्यानमा यस बर्ष झन्डै २ करोड बराबरको स्याउ उत्पादन भएको छ । ५५ हेक्टर क्षेत्रफलमा स्याउ खेति हुदै आईरहेको सल्यानमा यस बर्ष ३ सय ९० मेटिक्टन स्याउ उत्पादन भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
यस बर्ष मौसमले राम्रो साथ दिएकाले स्याउ उत्पादनबाट किसानहरुले १ करोड ९५ लाख आम्दानी गर्न सफल भएको कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले बताए ।
जिल्लाको कुमाख गाउँपालिका शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका, बागचौर नगरपालिका र बन्गाड कुपिण्डे नगरपालिकाको केही भागमा स्याउ खेति हुँदै आइ रहेको छ ।
स्याउ खेतीलाई बिस्तार गर्नको लागि कुमाख गाउँपालिकाको गुरदासेमा स्याउ पकेट कार्यक्रम संचालन गरिएको छ । स्याउ खेति र उत्पादनलाई बढाउन अर्गानिक कार्यक्रम अन्र्तगत स्याउ पकेट कार्यक्रम संचालन गरिएको उनले बताए ।
फलफूल उत्पादनको हिसावले सल्यान जिल्ला अब्बल बन्दै गएको सुचना अधिकारी बस्नेतले बताए ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







