सल्यानमा थप ६ जनामा कोरोना पुष्टि
भदौ १४, सल्यान
पछिल्लो २४ घण्टामा सल्यानमा ६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र चौरजहारी नगरपालिका प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा छ जनामा कोरोना पुष्टि भएको हो ।
प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा बनगाड कुपिण्डे नगरपालिका १ का ३२ वर्षीय पुरुष र वडा न ५ का १९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
चौरजहारी नगरपालिका प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा कुमाख गाउँपालिका वडा न १ का २५, २७, ४७ र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ ।
भारतका आएका सबै क्वारेनटाइनमा बस्दै आइरहेको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । कुमाख गाउँपालिकाका ४ संक्रमितलाई लुहापिङ आइसोलेसन र बनगाडका २ जनालाई बनगाडकै आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । यससँगै सल्यानमा कोरोना संक्रमितको सख्ंया २ सय ९९ पुगेको छ ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






