सल्यानमा मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट ३९ किसान पुरस्कृत

३१ श्रावण २०७७, शनिबार १९:०२ मा प्रकाशित

सल्यानका चार दर्जन कृषक, सहकारी, कृषि फार्म तथा कृषक समूहहरु मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भएका छन् ।

दश वटा पालिकाबाट एक–एक जना पुरुष महिला अगुवा नमूना किसान, पशुपालक र कृषि सम्बन्धि काम गर्ने सहकारी तथा कृषक समूह मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट सम्मानित भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
यसका लागि पालिकाको समन्वयमा केही समय अगाडी आवेदन मागिएको र त्यसमाथि स्थलगत तथा कागजातको आवश्यक मुल्याङ्कन गरेर छनौट गरिएको कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख महेश आर्चायले बताए ।

कृषिबाट जिल्ला स्तरमा उत्कृष्ट कृषकमा फलफुल खेतीबाट बागचौर नगरपालिका ९ का लोक बहादुर डाँगी, तरकारी खेतीबाट सिद्ध कुमाख गाउँपालिका ३ फलाँटेकी पूर्णवती बुढाथोकी सम्मानित भएका छन् । समुह सरकारी तर्फबाट जनसेवि कृषि सहकारी संस्था लिमिटेड शारदा नगरपालिका १ पटनेरी र त्रिवेणी पशुपालन व्यवसाय सहकारी संस्था लिमिटेड त्रिवेणी गाउँपालिका ६ लुहाम रहेका छन् ।

यस्तै पशुपालन तर्फ खड्का बहुउद्देश्यीय कृषि फर्मका करुणा खड्का र तुसारेखोला बुहउद्देश्यीय कृषि फर्मका सुजन बोहरा पुरस्कृत भएका छन् । समूह तर्फबाट खप्परेखोला बाख्रा पालन समूह कालिमाटी ७ पुरस्कृत भएको छ ।

कृषि तर्फ पालिका तर्फबाट १५, जिल्ला स्तरबाट २ र सहकारी तर्फबाट २ गरी १९ कृषक, सहकारी पुरस्कृत भएका छन् भने पशु सेवा तर्फ १७ पालिका २ जिल्ला र १ समूह गरी २० कृषक र समूह पुरस्कृत भएको कार्यालयले जनाएको छ ।

पुरस्कृत कृषक तथा पशुपालकलाई जनही पन्ध्र हजार, फार्मलाई २५ हजार र सहकारीलाई पचास हजार नगद पुरस्कार प्रदान गरिएको पशु अस्पताल तथा पुश सेवा कार्यालय सल्यानका प्रमुख कपिल प्रसाद उपाध्यायले बताए ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu