लगातार घट्दै सुनको भाउ, एकै दिन तोलामा ६२ सय घट्यो
काठमाडौं– सुनको मूल्य लगातार घटिरहेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा ६२ सय रुपैयाँले घटेको छ । आइतबारबाट घट्न थालेको सुन लगातार चौथो दिन पनि घटेको हो ।
आइतबार ९ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार २ सय, मंगलबार ८ सय र बुधबार ६२ सय रुपैयाँले घटेको हो । बुधबारका लागि सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ तोकिएको छ। मंगलबार प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँ थियो। यसअघि सोमबार प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ थियो भने आइतबार १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य पनि एकै दिन २ सय २५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य बुधबारका लागि १२ सय १० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






