सल्यानका थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५७ पुग्यो
सल्यानमा सोमबार थप ६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित सबै बनगाड कुपिण्डे नगरपालिकाका रहेका छन् । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका अनुसार बनगाड कुपिण्डे नगरपालिका वडा न ६ का १३,२०, २५ वर्षका पुरुष, २४ र ३२ वर्षीया महिला, वडा न ७ का २४ वर्षीय एक पुरुष रहेका छन् ।
सोमबार थपिएका ६ संक्रमित सहित सल्यानमा संक्रमितको संख्या २ सय ५७ पुगेको छ । थपिएका सबै क्वारेनटाइनमा बस्दै आइरहेको र सबैलाई बनगाड कुपिण्डे नगरपालिकाको आइसोलेसनमा राखिएको नगरपालिकाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
धेरैले पढेको






