सल्यानका थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५७ पुग्यो
सल्यानमा सोमबार थप ६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित सबै बनगाड कुपिण्डे नगरपालिकाका रहेका छन् । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका अनुसार बनगाड कुपिण्डे नगरपालिका वडा न ६ का १३,२०, २५ वर्षका पुरुष, २४ र ३२ वर्षीया महिला, वडा न ७ का २४ वर्षीय एक पुरुष रहेका छन् ।
सोमबार थपिएका ६ संक्रमित सहित सल्यानमा संक्रमितको संख्या २ सय ५७ पुगेको छ । थपिएका सबै क्वारेनटाइनमा बस्दै आइरहेको र सबैलाई बनगाड कुपिण्डे नगरपालिकाको आइसोलेसनमा राखिएको नगरपालिकाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






