स्व. श्रीमतीको सम्झनामा बिध्यालयमा १ लाख ५ हजारको अक्षयकोष स्थापना

   
त्रिवेणी अनलाइन
१४ श्रावण २०७७, बुधबार १२:५१ मा

उत्तर कुमार साहु
सल्यान, श्रावण १४
सल्यानको त्रिबेणी गाउँपालिका वडा नं ६ लुहाम निवासी शंकर कुमार श्रेष्ठले
आफ्नी स्व. श्रीमती गोमा श्रेष्ठको सम्झनामा एक लाख पाँच हजाको अक्षय कोष स्थापना गरेका छन । घर नजिकैको चण्डेश्वरी प्राथामिक बिध्यालयमा अध्ययनरत जेहेन्दार एवं आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न उक्त अक्षयकोष स्थापना गर्नका लागी बि.ब्य.स अध्यक्ष डम्बर बहादुर शाहलाई रु एक लाख पाँच हजारको चेक हस्तारण गरेका हुन ।
श्रेष्ठ परिवारले कोष स्थापना गर्न सहयोग गर्ने त्रिबेणी गाउँपालिका वडा नं ६ का अध्यक्ष मान बहादुर वलि, बिध्यालयका प्रधानाध्यापक बेद बहादुर वली, बि.ब्य.स अध्यक्ष डम्बर बहादुर शाहप्रति धन्यवाद प्रकट गरेको छ ।

Image may contain: 4 people, people standing

तपाइँको प्रतिक्रिया
Array