गरिब तथा बिपन्न परिवारलाई सोलार वितरण
सल्यान, २४ असार । त्रिबेणी गाउँपालिका सल्यानले गरिब, बिपन्न तथा दलित परिवारलाई सोलार सेट वितरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी ६१ घरधुरीका लागि सोलार सेट उपलब्ध गराएको हो ।

६ वटा वडा रहेको त्रिबेणी गाउँपालिकामा वडा कार्यालयको सिफारिसका आधारमा सोलार वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मान बहादुर डांगीले बताउनुभयो । सोलार पाता, ५५ वाटको ब्याट्रि सहित सम्पूर्ण सेट वितरण गरिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष डांगीले गरिब तथा बिपन्न परिवारमा उज्यालो पार्न गाउँपालिकाले सोलार वितरण गरेको बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका कारण सधैँ अँध्यारोमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्दै गरिबको झुपडीमा पनि सरकार पुगेको प्रत्याभूति दिलाउने सरकारको उद्देश्य रहेको उहाँले बताउनुभयो ।



तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
धेरैले पढेको







