खेतबारीमा सलह किरा देखिएपछि आगो बालेर भगाउदै
असार १७, सल्यान
सल्यानका सबै स्थानीय तहमा सलह किरा देखिएको छ । केही दिन अघि नेपालमा प्रवेश गरेको सलह किरा तराई हुदै पहाडी जिल्लामा पनि देखिएको हो ।
खेतबारीमा सलह किरा देखिएपछि स्थानीयबासी बारीमा आगो बाल्नुका साथै ठुलो आवाज निकाल्ने भाँडाकुँडा ठटाएर धपाई रहेका छन् । ठुलो झुन्डले मकैबाली लगायत अन्यबालीनालीमा क्षति गर्न थाले पछि स्थानीयहरुले बारीमा आगो बालेर धपाई रहेको छत्रेश्वरी गाउँपालिका वडा न ४ का वडाध्यक्ष नेव बहादुर खड्काले बताए ।
जिल्लाको कपुरकोट गाउँपालिका,सिद्धकुमाख गाउँपालिका, काालिमाटी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, र त्रिवेणी गाउँपालिकाका विभिन्न वडामा सलह किरा देखिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । मंगलबार साँझबाट सल्यानमा सलह किरा देखिएकाले क्षतिको एकिन नभएको कृषि विकास कार्यालय सल्यानका निमित्त प्रमुख महेश आचार्यले बताए ।
जिल्लाका विभिन्न स्थानबाट किसानहरुले सलह किरा देखिएको खबर पश्चात फिल्डमा गई अनुमगन गर्दा सलह भएको पुष्टि भएको आचार्यको भनाई छ । उनले भने ‘धेरै ठुलो झुण्ड नभएपनि एक हजारसम्मको झुन्ड पाइएको छ ।’
फेद कटुवा किरा र फौजी किराको प्रकोप झेलिरहेका सल्यानका किसानहरु सलह किरा पनि देखिन थालेपछि चिन्तित बनेका छन् ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह