सल्यानमा पहिरोमा पुरिएको अवस्थामा एक वृद्धको शव फेला
सल्यानमा एक वृद्ध पहिरोमा पुरिएको अवस्थामा फेला परेका छन् । जिल्लाको कालिमाटी गाउँपालिका ६ निवासी अन्दाजी ७० वर्षीय वृद्धको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
मृतकको शव कम्मरभन्दा माथिको भागसम्म पुरिएको वस्थामा फेला परेको प्रहरीले जनाएको छ । ९ असारको बिहान घाँस काट्न जान्छु भनी घरबाट उनी निक्लिएको र त्यसपछि घर नफर्किएपछि परिवारले खोजतलास शुरु गरेको थियो । घरबाट निस्किएको तीन दिनपछि बिहीबार नजिकैको डाङडङे खोलाको पहिरोले पुरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
धेरैले पढेको