सल्यानमा पहिरोमा पुरिएको अवस्थामा एक वृद्धको शव फेला

१२ असार २०७७, शुक्रबार १४:५५ मा प्रकाशित

सल्यानमा एक वृद्ध पहिरोमा पुरिएको अवस्थामा फेला परेका छन् । जिल्लाको कालिमाटी गाउँपालिका ६ निवासी अन्दाजी ७० वर्षीय वृद्धको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

मृतकको शव कम्मरभन्दा माथिको भागसम्म पुरिएको वस्थामा फेला परेको प्रहरीले जनाएको छ । ९ असारको बिहान घाँस काट्न जान्छु भनी घरबाट उनी निक्लिएको र त्यसपछि घर नफर्किएपछि परिवारले खोजतलास शुरु गरेको थियो । घरबाट निस्किएको तीन दिनपछि बिहीबार नजिकैको डाङडङे खोलाको पहिरोले पुरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu