सुर्खेतका ३ जनामा कोरोना पुष्टी : कर्णालीमा संक्रमितको संख्या ४ पुग्यो
सल्यान १०, जेष्ठ ।
कर्णालीमा कोरोना भाइरस ९कोभीड–१९० बाट संक्रमित हुनेको संख्या चार पुगेको छ । भारतबाट सुर्खेत आएका तीन जनामा आज कोरोना संक्रमित भएको पुष्टी भएको हो । संक्रमित हुनेहरुमा सुर्खेत बराहताल गाउँपालिकाका २ र चौकुने गाउँपालिकाका एक जना रहेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो । आज पोजेटिभ रिपोर्ट आएका २२ वर्षकी महिला, २५ र ३२ वर्षका पुरुष तीनै जना सुर्खेतका हुन् । उहाँका अनुसार तीनै जनाको कोरोना विशेष अस्पताल कालागाउँमा राखिएको छ भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । कोरोना पुष्टी भएका तीनै जना जेठ ८ गते भारतबाट फर्किएका थिए ।
बबइमा गरिएको आरडीटी परीक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई वीरेन्द्रनगरस्थित खुलामञ्चको क्वारेन्टाइनमा राखिएको थियो । सुर्खेतमा गरिएको पीसीआर परीक्षण संकास्पद आएपछि पुनःपरीक्षणका लागि नेपालगञ्ज पठाइएको थियो । नेपालगञ्ज गरिएको पीसीआर परीक्षण समेत पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । यसअघि दैलेखको आठविस नगरपालिकाका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पनि कोरोना विशेष अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम







