नेकपा त्रिबेणीद्धारा १ लाख ७ हजार बराबरको खाद्यान्न सहयोग
सल्यानको नेकपा त्रिबेणी प्रत्येक वडामै पुगेर राहत सामग्री बितरण गरेको छ ।
त्रिबेणी गाउँपालिका सल्यानको प्रकोप ब्यवस्थापन कोषमा कोरोना भाईरस कोभिड १९ संक्रमणको कारण नेपाल सरकारले जारी गरेको बन्दाबन्दीबाट प्रभावित अति बिपन्न घरपरिवार लाई राहत बितरण गर्नको लागी बिभिन्न सहयोगी दाताहरुको पहलमा रु १ लाख ७ हजार बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । जसअन्तर्गत २५ किलोको सोना चामल ६८ बोरा, दाल ६८ किलो, नुन ६८ किलो, तेल ६८ लिटर, सरसफाईको लागी साबुन ६८ वटा त्रिबेणी गाउँपालिका नेकपा अध्यक्ष लोकेन्द्र खड्काले गाउँपालिकालाई हस्तान्तरण गर्नु भएको हो ।


बन्दाबन्दीका कारण मार मा परेका अति बिपन्न परिवार लागी भनेर नेकपामा आस्था राख्ने अमेरिका साथै सल्यानका बिभिन्न स्थानमा बसोबास गर्ने सहयोगी मनहरुले पैसा उठाएका थिए । उक्त पैसाको खाद्यान्न सामाग्री खरिद गरेर नेकपा त्रिबेणीको अगुवाईमा बितरण गरिएको हो ।





- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न