नेपालमा कोरोनाका कारण पहिलो मृत्यु
नेपालमा पहिलोपटक कोरोनाभाइरसबाट एक सुत्केरी महिलाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै पुष्टि गरेको हो।

धुलिखेल अस्पतालमा पिसिआर टेस्ट गर्दा पोजेटिभ देखिएपछि पुनः परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। टेकुमा गरिएको परीक्षणमा पनि मृतकमा कोरोना पोजेटिभ देखिएको हो।
पछि उनलाई श्वासप्रश्वासको समस्या बढेपछि जेठ १ गते बाह्रबिसेस्थित स्वास्थ्य केन्द्र लगिएको थियो। त्यहाँ र्यापिड टेस्ट गर्दा नतिजा नेगेटिभ देखिएपनि कोरोनासँग लक्षण मिल्ने भएकाले उनलाई धुलिखेल अस्पताल पठाइएको थियो।
अहिले मृतकको घर र माइती दुबै ठाउँ सिल गरिएको छ।
मृतकको शव दाहसंस्कारको लागि पशुपति आर्याघाट ल्याइएको छ। नेपाली सेना र प्रहरीको टोलीले शब ल्याएको हो।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






