नेपालमा कोरोनाका कारण पहिलो मृत्यु
नेपालमा पहिलोपटक कोरोनाभाइरसबाट एक सुत्केरी महिलाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै पुष्टि गरेको हो।


धुलिखेल अस्पतालमा पिसिआर टेस्ट गर्दा पोजेटिभ देखिएपछि पुनः परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। टेकुमा गरिएको परीक्षणमा पनि मृतकमा कोरोना पोजेटिभ देखिएको हो।
पछि उनलाई श्वासप्रश्वासको समस्या बढेपछि जेठ १ गते बाह्रबिसेस्थित स्वास्थ्य केन्द्र लगिएको थियो। त्यहाँ र्यापिड टेस्ट गर्दा नतिजा नेगेटिभ देखिएपनि कोरोनासँग लक्षण मिल्ने भएकाले उनलाई धुलिखेल अस्पताल पठाइएको थियो।
अहिले मृतकको घर र माइती दुबै ठाउँ सिल गरिएको छ।
मृतकको शव दाहसंस्कारको लागि पशुपति आर्याघाट ल्याइएको छ। नेपाली सेना र प्रहरीको टोलीले शब ल्याएको हो।
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह
- सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन पुगेका एक वृद्धको लडेर मृत्यु
- नेपाल लोकतान्त्रिक खेलकुद संघ त्रिवेणीको अध्यक्षमा प्रेम बुढाथोकी चयन
- त्रिवेणीमा ९ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी