पर्साका दुई पत्रकारमा कोरोना संक्रमण
वीरगञ्ज : पर्साका दुईजना पत्रकारमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
मंगलबार कोरोना पोजिटिभ देखिएका ३९ जनामध्ये दुईजना पत्रकार रहेको सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए। ‘३९ मध्ये अरु पत्रकार हुन् वा होइन भन्ने हामी खोजी गरिरहेका छौँ, उनले भने ।
नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले भने कति पत्रकार छन् भन्ने विषय अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार मंगलबार कोरोना पोजिटिभ देखिएकामध्ये १४ जना ग्रामीण क्षेत्रका छन् भने १४ जना वीरगन्ज नगरका छन्।
पर्सामा यसअघि २५ जनामा कोरोना पोजिटिभ देखिएको थियो । मंगलबार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै एउटै जिल्लामा सबैभन्दा बढी ६४ जना संक्रमित भएका छन् । देशभरमा संक्रमितको संख्या १९१ पुगेको छ ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
धेरैले पढेको







