आज एकैदिन थपिए ५७ कोरोना संक्रमित
नेपालमा आज एकैदिन ५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित भेटिएका हुन्। जसमध्ये कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित भेटिएका हुन्। उनीहरू सबै पुरूष रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ।
योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमित १९१ पुगेका छन्। तीमध्ये ३३ जना उपचार गरी घर फर्किएका छन्। उपचार गरेर घर गएका तीन जनामा फेरि कोरोनाभाइरसको संक्रमण देखिएपछि उनीहरू अहिले अस्पतालमा उपचार गरिरहेका छन्। यसअघि सोमबारमात्र २४ जना कोरोना संक्रमित थपिएका थिए। पछिल्ला तीन दिन लगातार कोरोनाभाइरसका संक्रमित थपिरहेका छन्।
Source : Setopati
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






