सल्यान बागचौरको धामिढुङगामा सकेट बम फेला, सेनाद्धारा निष्कृय
बैशाख २२, सल्यान। सल्यानको बागचौर नगरपालिका ९ धामिढुंगामा भेटिएको सकेट बम फेला परेपछि निस्कृय पारिएको छ । स्थानीय १५ वर्षीय बालकले घर नजिकै बाख्रालाई घाँस काट्ने क्रममा ओडारमा उक्त सकेट बम देखेपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए ।
सोमबार बिहान प्रहरी पुगेर सो स्थानलाई सिल गरेको थियो । दिउँसो नेपाली सेनाको टोली पुगेर उक्त सकेट बमलाई डिस्पोज गरेको इलाका प्रहरी कार्यालय बागचौरका प्रहरी प्रमुख इनिस्पेक्टर लिलाभक्त बादेले बताए ।
बम फेला परेको ठाउँमा इनिस्पेक्टर बादेको कमाण्डमा इलाका प्रहरी थारमारे र अस्थायी प्रहरी चौकी पातिहाल्नको प्रहरी टोली खटिएको थियो । बम पुरानो र केही खिया लागेको जस्तो देखिएकोले जनयुद्धकालमा ओडारमा फालिएको हुन सक्ने प्रहरीको अनुमान छ ।
पछिल्लो समय ठाउँमा जनयुद्धकालका बम फेला पर्न थालेपछि नागरिकहरु त्रसित हुन थालेका छन् । केही दिन अघि रोल्पाको त्रिवेणी गाउँपालिका २ मा जंगलमा भेटिएको बम विस्फोट हुँदा ४ बालबालिकाको ज्यान गएको थियो भने सल्यान बागचौर नगरपालिका ४ मा बिस्फोट हुँदा एक बालक घाइते बनेका थिए ।
- Coronavirus disease 2019
- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न







