सल्यानमा थ्रेसरमा पर्दा दुवै हात काटियो
सल्यान १६ वैशाख, गहुँ दाँइ लगाउने क्रममा थ्रेसर मेसिनले सल्यानका एक किसानको दुवै हात काटेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका ३ झिम्पे पातिहाल्न निवासी ४० वर्षीय निम बहादुर योगीको गहुँ मिर्ने मेसिनले दुवै हात छिनालेको हो । काटेको गहुँ मेसिनमा राखेर दाँइ लाउने क्रममा एकजना किसानको दुवै हात काटेको हो ।
सोमबार रातीसबै स्थानीयले गहुँ दाँइ लाउनका लागि मेसिन बोलाएका थिए । केहिदिन अघि खेतमा काटेको गहुँ वर्षातको कारण दाँइ लाउन हतार भएपछि उनिहरुले दिनभरि मेसिन कुरेर राती पातिहाल्नमा मिसिन बोलाएर गहुँ दाँइ लाउदा सो घटना भएको वडा अध्यक्ष राज बहादुर बुढाथोकीले बताए । अध्यक्ष बुढाथोकीका अनुसार राति एक बजे गहुँ दाँइ लाउनको लागि किसान योगीको पालो आएको थियो ।
सोहि क्रममा उनले हतार हतारमा गहुँका मुठा मेसिनमा राख्दा दुवै हात मेसिनको भित्र पुगेपछि मेसिनले हात काटेको हो । उपचारको लागि उनलाई श्रीनगरबाट नेपालगन्ज रिफर गरिएपनि त्यहा उपचार हुन नसकेर काठमाडौं लिने तयारी भैरहेको छ । उनको अवस्था अहिले गम्भीर भएको अध्यक्ष बुढाथोकीले बताए ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






