सल्यानमा आफ्नै छोराले गरे बाबुको हत्या
बैशाख १४ सल्यान
सल्यानमा छोराले आफ्नै बाबुको हत्या गरेका छन् । जिल्लाको सिद्ध कुमाख गाउँपालिका २ कुइयाझोलका अन्दाजी २१ वर्षिय सुरज विकले ५१ वर्षिय बाबु बुदे कामीको हत्या गरेका हुन ।
शनिबार बेलुका साढे ७ बजे सुरजले बाबुलाई हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । हत्याको आरोपमा छोरा सुरजलाई नियन्त्रत्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जनाएका छन।
अहिले प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठाउने काम भइरहेको बताएको छ । मृत्तक बुदे कामीको मुचुल्का पछि पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल ल्याइने प्रहरी प्रमुख खतिवडाले बताए ।
निज सुरजले यहि वैशाख १ गते आमाको पनि हात भाँचेको प्रहरीको भनाई छ ।
हत्याको कारण भने नखुलेको र अनुसन्धान अगाडि बढाएको प्रहरिले बताएको छ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
धेरैले पढेको







