बागचौर नगरपालिकाद्वारा ८ सय ९० घरपरिवारलाई राहत बितरण
सल्यान १४, बैशाख ।
सल्यानको बागचौर नगरपालिकाले राहत वितरण शुरु गरेको छ । दैनिक ज्यालादारी, मजदुरी गरेर जीविकोपार्जन गर्ने र विपन्न परिवारलाई राहत वितरण गर्न शुरु गरिएको नगरपालिकाले जनाएको छ । जसअनुसार ८ सय ९० घरपरिवारलाई राहत वितरण शुरु गरिएको नगरप्रमुख लोकमान बुढाथोकीले जानकारी दिनुभयो । लकडाउनका कारण दैनिक जीवनयापन गर्न कठिनाइ भोग्दै आएका परिवारहरूको विवरण सङ्कलन गरी राहत वितरण शुरु गरिएको उहाँको भनाई छ ।

नगरपालिकाले चामल, दाल, नुन, तेल, सावुन वितरण गरिरहेको जनाएको छ । नगरपालिकाका सबै वडाहरुमा राहत वितरण शुरु गरिएको उहाँले जानकारी दिनुभयो । आफ्नो आयस्रोत नभएका, अरूको सहयोग तथा साहारामा बस्दै आएका, व्यक्ति, घरका कुनै पनि व्यक्तिले रोजगारी नभएका, आम्दानीको कुनै स्थायी स्रोत नभएका, दैनिक गुजारा गर्न धौ–धौ पर्ने व्यक्तिहरू र वडाले अति विपन्न हो भनेर प्रमाणित गरेका व्यक्तिलाई राहत वितरण गरी रहेको बागचौर नगरपालिकाले जनाएको छ ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह