लमजुङदेखी श्रीनगरसम्म आएर अलपत्र परेका ३१ जनाको उद्धार (भिडियो)

   
त्रिवेणी अनलाइन
१० बैशाख २०७७, बुधबार २१:३३ मा
[Sassy_Social_Share total_shares="ON"]

बैशाख ११ सल्यान
दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्दै आएका मानिसहरु लकडाउनका कारण आफूसँग भएका खाद्यान्न तथा पैसा सकिएपछि घर फर्किने चाहना भए पनि लकडाउनका कारण सवारी साधन नचल्दा हजारौं मजदुर बाटोमा परिरहेको बेला सल्यानका युवा नेता रमेश मल्लको पहलमा लमजुङबाट ३१ जना मजदुर सल्यान पठाइएको छ । तर पनि रुकुमको चौरजहारी नगरपालिका का १४, कुमाख गाउँपालिका सल्यानका १०, दार्मा गाउँपालिका का ५ र छत्रेश्वरी गाउँपालिकाका २ जना गरि ३१ जनाको टोलीलाई श्रीनगरमा झारिदिए पछि अलपत्रमा परेका थिए ।

भिडियो हेर्नुहोस ।

सल्यानका युवाहरुको पहलमा सवारी साधनको व्यवस्था गरेर घरसम्म पुयाएको छ ।
लमजुङदेखी श्रीनगरसम्म आएर अलपत्र अवस्थामा रहेका ३१ जना मजदुरहरुलाई सल्यान दृष्टिकोण टिमको सहजीकरणमा सम्बन्धित स्थानमा पठाउने काम भएको छ । शारदा नगरपालिका वडा नं. १ को आर्थिक सहयोगमा ती मजदुरहरुलाई केही खानेकुरा (चाउचाउ, चिउरा, बिस्कुट, पानी) प्रदान गरिएको थियो ।


सम्बन्धित नगरपालिका तथा गाउँपालिकासँग सम्पर्क गरि श्रीनगरबाट गाडी ब्यवस्था गरेर सम्बन्धित गन्तव्यसम्म पठाइएको हो । ती व्यक्तिहरूलाइ स्थानीय सरकारका प्रतिनिधिसंग सम्पर्क गराइएको सल्यान दृष्टिकोणका संचालक ध्रुवराज वलीले जानकारी दिएका छन । उनले सामाजिक संजालमा स्थानिय तह मार्फत स्वास्थ्य परीक्षण र आवश्यक प्रकृया पुरा गरेर मात्र मजदुरहरुलाई घरमा पठाउन अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu