अलपत्र परेका ४८ जनाको त्रिबेणी गाउँपालिकाको पहलमा उद्धार
६ बैशाख सल्यान
सल्यानको त्रिबेणी गाउँपालिकाको पहलमा कपुरकोटमा अलपत्र परेका ४८ जनाको उद्धार गरिएको छ । नेपाल सरकारले कोरोना भाईरसको संक्रमण फैलिन नदिनको लागी देश लकडाउन गरेको छ । यहि लकडाउनको कारण बिभिन्न कामको सिलसिलामा जिल्ला बाहिर रहेका नागरिक अलपत्र परिरहेका बेला गाउँपालिकाको पहलमा उद्धार ४८ जनाको गरिएको हो । जसमध्ये त्रिबेणी गाउँपालिकाका ३८ जना, छत्रेश्वरी गाउँपालिका ३ जना जाजरकोटका ७ जना रहेका छन ।
त्रिबेणी गाउँपालिका १ का ७ जनालाई त्रिबेणीको वडा नंं. १ मा रहेको क्वारेन्टाईनमा राखिएको छ त्यस्तै वडा नंं.२ का २३ जनालाई त्रिबेणीको २ मा रहेको राधेश्याम मा.वि मा रहेको क्वारेन्टाईन राखिएको छ भने भने वडा नं. ६ का ५ जनालाई लुहाममा रहेको चण्डेश्वरी आधारभुत बिद्यालयको क्वारेन्टाईनमा राखिएको छ । यस्तै सरिकोट मा.वि मा ५ जनालाई रादिएको छ । त्रिबेणी गाउँपालिकाको क्वारेन्टाईनमा बस्नेको संख्या ६६ जना रहेको स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







