सल्यानमा लकडाउनमा ट्याक्टर दुर्घटना : १ को मृत्यु १ घाईते
बैशाख ५ सल्यान,
सरकारले लकडाउन गरेको समयमा राती ट्याक्टरबाट निमार्ण सामाग्री ओसार पसार गर्ने क्रममा सल्यानमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यू भएको छ । जिल्लाको कालीमाटी गाउपालिका वडा नम्बर ५ वालुवामा शुक्रबार बिहान ३ वजे ट्याक्टर दुर्घटना हुदाँ एक जनाको घटनास्थलमा नै मृत्यू भएको छ भने अर्का १ जना सामान्य घाइते भएका छन ।
कालीमाटीबाट जस्ता पाता र सिमेन्ट बोकेर बालुवा जादैँ गरेको भे १ त ९४४६ नम्वरको ट्याक्टर सडक देखी अन्दाजी ४ मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटना परी कालीमाटी गाउपालिका वडा नम्बर ५ जुमखोला बस्ने अन्दाजी २७ बर्षिय छविलाल बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । यस्तै दुर्घटनामा परी स्थानिय २७ बर्षिया महिला पिमा बोहरा सामान्य घाइते भएकी छिन । भने ट्याक्टर चालक ३६ बर्षिय टिकाराम गाहा मगर फरार रहेको प्रहरीले जनाएको छ ।
घटनाका बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी ढकेन्द्र खतिवढाले जानकारी दिए ।
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।