blank

सल्यानमा २ सय ६३ जनाको र्‍यापिड टेष्ट :सबैको रिर्पोट नेगेटिभ

   
त्रिवेणी अनलाइन
४ बैशाख २०७७, बिहीबार १८:३३ मा

वैशाख ४, सल्यान 
सल्यानमा भारत र तेस्रो देशबाट आएका २ सय ७३ जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट रिर्पोट नेगेटिभ आएको छ । 
जिल्लाका तीन स्थानीय तहमा गरिएको आरडिटी टेष्टमा सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । 


बिहिबार पहिलो चरणमा दार्मा गाउँपालिकाका २ सय १०, कपुरकोट गाउँपालिकामा ३६ र त्रिवेणी गाउँपालिकाका १६ जनाको टेष्ट गरिएको थियो । टेष्ट गरिएका सबैको रिर्पोट नेगेटिभ नै रहेको स्वास्थ्य प्रमुख डा. अर्जुन बुढाले बताए ।


तेस्रो मुुलुकबाट आएका व्यक्तिको स्वाब  र भारत तथा अन्तर जिल्ला गएका त्यसमा पनि कोरोनाको शंस्कापद व्यक्तिको आरडिटी टेष्ट गरिएको उनको भनाई छ । 

अहिले त्रिवेणी गाउँपालिकामा २२ जना क्वारेनटाइनमा बसी रहेका छन् । अन्तरजिल्लाबाट आएका व्यक्तिहरु क्वारेनटाइनमा बसी रहेको त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले बताए ।

तपाइँको प्रतिक्रिया
Array