बन्गाड कुपिण्डे नगरपालिकामा रु. ५० लाखको बिपद् कोष स्थापना
दुर्गा विसी,
सल्यान ४, बैशाख ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले प्रकोप व्यवस्थापनका लागि रु ५० लाखको कोष स्थापना गरेको छ । बिश्वभर फैलिदैँ गएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि उक्त कोष स्थापना गरिएको प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले जानकारी दिनु भएको छ ।

नगरपालिकाले ५० लाख रुपैँया कोषमा राखेर र सहयोगी संस्था तथा ब्यक्तिहरुले पनि कोषमा रकम जम्मा गर्न सकिने उहाँले बताउनुभयो । कोरोना रोकथाम तथा लकडाउन अवधिमा राहत वितरण स्वरुप एकद्वार प्रणालीबाट गरिने पनि नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख गोबिन्द कुमार पुनले एकद्धार प्रणालीवाट राहत वितरण गरिने भएकाले मनोमानी रुपमा नगरक्षेत्र भित्र राहत वितरण नगर्न आग्रह गर्नुभएको छ । नगरपालिकाका १२ वटै वडाबाट विपद् व्यवस्थापन समितीले छनौट गरि पठाएका अतिविपन्न ७ सय ५३ घरपरिवारलाई राहत वितरण गरिने उहाँले बताउनुभयो । उहाँले तत्काल राहत वितरण गरिने पनि जानकारी दिनुभएको छ ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह