चट्याङ बज्रिएपछि यसरी दनदनी जल्याे एउटा रूख

   
त्रिवेणी अनलाइन
३ बैशाख २०७७, बुधबार ०७:३६ मा

सुरेश भट्ट ३ बैशाख। कञ्चनपुरको पुनर्वास नगरपालिका १० स्थित एक रूखमा ठूलै चट्याङ परेको छ । मंगलबार अपरान्ह हावाहुरी सँगै पुनर्वासकाे एक रुखमा चट्याङ पर्दा आगलागी भएर दनदनी जलेकाे पुनर्वास प्रहरीले जनाएको छ ।

स्थानीय प्रत्यक्षदर्शीले भने, ‘आकाश गड्गडाउँदा खेतबारीमा रहेको हल्दुकाे रुखमा माथिबाट चम्किलो वस्तु खसेकाे दृश्य देखियाे । लगत्तै रुखमा त त दनदनी आगलागी भयाे ।’

त्यसैक्रममा रुखमा आगलागी हुन थालेपछि पुनर्वास नगरपालिकाकाे दमकलकाे सहायताले आगाे नियन्त्रणमा लिइएकाे स्थानीयले बताए ।

रुख घरदेखि पर रहेकाले चट्याङबाट कुनै धनजनकाे क्षति भने नभएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक वकिल सिंहले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया
Array