अनुमति बिना गाउँमा मदिरा बिक्री गरिरहेको गाडी प्रहरी नियन्त्रणमा
प्रकाश शर्मा २ बैशाख, सल्यान
लकडाउनको समयमा अनुमती विना नै गाउँमा मदिरा लगायत खाद्यान्न बिक्री गरी रहेको अवस्थामा प्रहरीले गाडी नियन्त्रण लिएको छ । जिल्लाको दार्मा गाउँपालिका २ झ्यारीबाङ्गमा प्रशासनको अनुमती बिना मदिरा तथा अन्य खाद्य पदार्थ विक्री गरी रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
रुकुमको झुल्नेटाबाट मदिरा सहितको सामान ल्याएर आएको लु २ च ५२२५ न को जीप नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय फारुलाचौरले जनाएको छ । सामान विक्री गर्नका लागि आवश्यक प्रमाण पत्र नपुगेपछि गाडी र गाडीमा रहेका खाद्यान्न नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
दार्मा गाउँपालिका हक हित संरक्षण समितिको वैठ्कले अनाधिकृत रुपमा ल्याइएका मदिरा तथा खाद्यन्न प्रहरी कार्यालयमा सिल गरी राख्ने निर्णय समेत गरेको छ । सिल गरिएको सामानमा धेरैको संख्यामा मदिरा रहेको छ ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







