सल्यान ग्यालरी ग्रुप द्वारा छत्रेश्वरि गाउँपालिकाको राहत कोषलाई २३ हजार रकम सहयोग

   
त्रिवेणी अनलाइन
२९ चैत्र २०७६, शनिबार १८:५२ मा

२३ चैत्र सल्यान, कोरोना भाईरसको रोकथाम तथा अति बिपन्न बर्गका नागरिक हरुलाई राहत दिन जिल्लाको छत्रेश्वरि गाउँपालिकाले स्थापना गरेको कोरोना बिपत राहत कोष लाई सल्यान ग्यालरी ग्रुपले २३ हजार ५ रुपैयाँ सहयोग गरेको छ । ग्रुपले ,आफ्ना सदस्य र अन्य ब्यक्तीहरुबाट राहतका लागि उठाएको उक्त रकम सहित ७ गत्ता चाउचाउ शनिबार गाउँपालिका अध्यक्ष सन्तोष केसिलाई हस्तान्तरण गरेको हो।

blank

कोरोना भाईरस संक्रमणबाट बच्न सरकारले लकडाउन गरेपछि न्यून वर्गीय नागरिक हरु मर्कामा पर्ने हुनाले उनिहरुको लागि राहत स्वरुप
गाउँपालिकालाई नगत रकम सहयोग गरिएको ग्रुपका सदस्य बुलन्द बाबू सेजवालले बताएका छन।
शारदा नगरपालिका १ श्रीनगरका ७ जना युबाहरुले सामाजिक कार्य गर्न र सल्यानलाई चिनाउनको निम्ति सल्यान ग्यालरी ग्रुप खोलेका हुन। उक्त ग्रुपको समुहमा दिपेन्द्र बस्नेत,कमल रेग्मी,बसन्त शर्मा,बुलन्दबाबू सेजवाल,योगेश बस्नेत,राजन डाङी र रजित बुढाथोकी रहेका छन।
सामाजिक कार्य र सल्यान चिनाउन विभिन्न खाले कार्यक्रमहरु ल्याउने ग्रुपका सदस्य हरुले बताएका छन।

तपाइँको प्रतिक्रिया
Array